Sunday, April 10, 2022

 साथीहरु के तपाई आइपीओ को प्रतिक्षा मा हुनुहुन्छ? त्यसो भए तपाइको लागि खुसीको खबर छ। पैसा ठिक पारेर राख्नुस साथीहरु, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आइपिओ निस्कासन गर्दैछ। नेपालको शेयर बजार मा निकै आकर्षक मानिने लघुवित्त कम्पनीको आइपिओ जारि हुदै छ। 


कहिले हुदै छ आइपिओ जारि  


२०७९ बैशाख २ गतेदेखि ६ गते सम्म आईपीओ निष्काशन तथा बिक्री खुला हुदैछ। यदि बैशाख ६ गते सम्म पनि सबै आइपिओ बिक्रि नभएमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। 


लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 


कति कित्ता आइपिओ जारि हुदै छ 


लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्दैछ। कुल आइपिओको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। 


सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।


कस्तो छ कम्पनीको अबस्था


 सिवाईसी नेपाल लघुवित्त संस्था फ़नडामेन्टल रुपमा निकै राम्रो देखिन्छ। कम्पनी आर्थिक रुपमा बलियो हुनुका साथै मेनेजमेन्ट टिम पनि राम्रो छ।  आर्थिक बर्ष २०७८/७९ को दोश्रो त्रैमास को रिपोर्ट अनुसार कम्पनीको रिजर्ब कोषमा १५ करोड २८ लाख २९००० रुपया रहेको छ। 


भने हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।


कति सम्म पुग्ला आइपिओ को मूल्य?


यस लघुवित्त को चुक्ता पुजी निकै कम रहेको छ भने कम्पनीको रिजर्ब कोषमा १५ करोड रुपया भन्दा बढी रकम रहेको छ। यो भनेको चुक्ता पूजी भन्दा रिजर्ब कोष दोब्बर बढी रहेको छ।  


यस अनुसार यस कम्पनीको आइपिओ को मूल्य दोश्रो बजारमा प्रति कित्ता ४ देखि ५ हजार सम्म पुग्न सक्ने आकलन गर्न सकिन्छ किनभने यस अघि पनि यस्तै बलियो महिला र जीबन विकास लघुवित्त पनि प्रति कित्ता ५००० सम्म पुगेको थियो।   


कम्पनीको बारेमा थप जानकारी 


सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 


केयर रेटिङ्गस नेपालले यस आइपिओलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।


आइपिओमा कसरि दिने आबेदन 


यस लघुवित्तको आइपिओमा लगानीकर्ता ले दुइ तरिकाले आबेदन दिन सक्नेछन। 

इच्छुक आवेदकले आफ्नो डिम्याट खाता रहेको सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था गएर आइपिओको फर्म भर्न सक्छन।  


त्यसै गरि मेरो शेयर खाता हुने लगानी कर्ताले अनलाइन मार्फत सजिलै मेरो शेयर वेबसाइट तथा एप बाट आवेदन दिन सक्नेछन्।

No comments:

Post a Comment

author
Binod Shakya
Loved to do Photogrpahy, clicking awesome moments means to me is passion of business. keep watching my creation.....thnks